तेह्रथुम । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम तीनजुरेमा पर्यटकको सुविधाका लागि पूर्वाधार निर्माणको काम थालीएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गत नयाँ सहर आयोजना कार्यालय वसन्तपुरको ८ करोड ६१ लाख रुपैंया लागतमा पर्यटकीय पूवार्धार निर्माणको काम सुरु गरिएको निमित्त आयोजना प्रमुख सुदिप झाले वताए। पर्यटकीय क्षेत्र तीनजुरे र आसपासका क्षेत्रमा आउने पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणका काम भैरहेका छन् ।
यससँगै तीनजुरे सम्म आउने पर्यटकका लागि सुविधा हुने आयोजना कार्यालयले जनाएको छ ।