नेपालगञ्ज देखि ठाकुरद्वारासम्म साइकल यात्रा

माघ २६, २०८०
नेपालगञ्ज देखि ठाकुरद्वारासम्म साइकल यात्रा

बाँके । पश्चिमी क्षेत्रको पर्यटनकीय विकास र प्रचार गर्ने उद्देश्यले नेपालगञ्जदेखि बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म १ यस ५ किलोमिटर साइकल यात्रा आयोजना भएको छ ।

नेपालगञ्जको प्रसिद्ध धार्मिक पीठ बागेश्वरी मन्दिरबाट सुरु भएको यात्रा बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारासम्म पुगेर अन्त्य हुनेछ । यात्रामा नेपाल र भारतका गरी ३ सय साइकल यात्री सहभागी भएको आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।

विदेशी आगन्तुकलाई सस्तो र सहज यात्रा गराउँदै नेपालका पर्यटकीय स्थलको अवलोकन गराउनु यात्राको उद्देश्य रहेको आयोजकले जनाएका छन् । साइकल यात्राका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजक नेपालगञ्ज साइक्लिङ क्लबको अनुमान छ ।