नेपालमा चाइनिज, स्पेनिस, रसियन र इन्डियन कल्चर सेन्टर छन्, हाम्रा कहीँ पनि छैनन् : पर्यटनमन्त्री (भिडियोसहित)

चैत्र ४, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपालमा चाइनिज, स्पेनिस, रसियन र इन्डियन कल्चर सेन्टर छन्, हाम्रा कहीँ पनि छैनन् : पर्यटनमन्त्री (भिडियोसहित)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपालमा पर्यटन नीति नै नभएको स्वीकार गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धी नीति नै नभएको स्वीकार गरे । उनले  भने, 'पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौँ । हाम्रो संस्कृति नीति बनाउनै सकेनौँ । सकिएन छ म त भर्खर मन्त्री भएको ६१ दिन भयो ।'  गरेका हुन् । 

मन्त्री किरातीले अबको नेपालको पर्यटन नेपालीपनको हुने दाबीसमेत गरे । अब रैथाने स्वाद र संस्कृतिसहितको पर्यटन हुनुपर्ने उनको भनाई थियो । नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरूकै अभाव देखिएको उनले बताए । मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि मन्त्री किरातीले जोड दिए ।

नेपालमा चाइनिज, स्पेनिस, रसियन र इन्डियनलगायतका कल्चर सेन्टरहरू भएको तर नेपालको कतै केही पनि नभएको उनले गुनासो गरे । मन्त्री किरातीले अगाडि भने, 'उनीहरूको चाहिँ यहाँ पनि छ । हाम्रो चाहिँ केही पनि छैन । संस्कृतिलाई रिसर्च गर्ने सेन्टरहरु खैं ? हामी लोप नभएर को लोप हुन्छ अब ।' 

संस्कृति र पर्यटनको अनुसन्धानका क्षेत्रमा आफूहरूले कति पनि काम नगरेको स्विकार्दै उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिने दोहोर्‍याए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.