रुकुमकोटबाट सहिद मार्ग हुँदै लुम्बिनीसम्मको यात्रा-वर्णन (भिडियो)

मंसिर २७, २०७९ |महेश केसी
रुकुमकोटबाट सहिद मार्ग हुँदै लुम्बिनीसम्मको यात्रा-वर्णन (भिडियो)

दाङ । लुम्बिनी प्रदेशका तीन जिल्ला हिमालको रुकुम पूर्व, पहाडको रोल्पा र तराईको दाङलाई जोड्छ सहिद मार्गले । कुल २ सय २० किलोमिटर लामो यस मार्ग आसपासको विकास, प्रकृति र जनजीवनबारे हाम्रा सहकर्मी महेश केसीले आज स-दृश्य यात्रा-वर्णन गर्दैछन् ।

रुकुमकोटबाट भुमेको खाबाङबगरसम्म मध्यपहाडी लोकमार्गमा यात्रा गरेपछि केही बेरमा महत गाउँ भेटिन्छ । पहाडको थुम्कोमा चट्टसंग बसेको महतको मोहकताले मनै ल्योभ्याउँछ।

यो मार्ग रुकुम पूर्वको मैकोटबाट हुकाम, तकसेरा अनि दुमै हादै यहाँबाट अघि बढ्छ । महतपछि केहीबेरमा नै रोल्पा जिल्ला सुरु हुन्छ । अनि, तत्कालीन माओवादी सशस्त्र द्धन्द्धताका चर्चामा रहेको थबाङ गाउँ पुगिन्छ ।

थबाङ गाउँको छेवैमा रहेको थबाङ खोलाको लामो पुल तरेर रुकुम पूर्वको सिस्ने र पुथा हिमालको दृश्य संग साक्षात्कार हुन पाईन्छ ।

आजभन्दा करिब १५ बर्ष पहिले अर्थात २०६४ सालदेखि निर्माण थालिएको यो मार्गको अपेक्षित सुधार हुन सकेको भने पाईएन । कच्ची बाटो भएकाले कतै हिलो त कतै धुलोले दिक्क पार्छ । तर उकाली-ओराली गर्दै, खोला-नाला तर्दै गरिने यस्तो यात्राले सास्ती बिर्साउछ र यात्रालाई रोमाञ्चक बनाउँछ ।

मिरुल र माडी खोलाको तिरैतिरको यात्रापछि घर्तीगाउँ पुगिन्छ । पहिलेको यो गाउा अब भने शहरीकरणको बाटोमा छ । यहाँबाट देखिने सिस्ने हिमाल आकर्षक दृश्यले मनै प्रफुल्ल बनाउँछ ।

रोल्पाको तिला अनि दहबन हुदैं होलेरी पुगिन्छ । तराई ओर्लिनु अघिको पहाडी बजार हो होलेरी । सशस्त्र द्धन्द्धको बेला खुबै सुनिएको नाम ।

अव ओरालो बाटो सुरु हुन्छ । यहााबाट पनि हिमालका चुचुरा र पहाडका थुम्का अनि मनोरम वस्तीहरु देखिन भने छोड्दैनन् ।

हामी दाङ-घोराही झर्ने बाटोमा टिप्परै-टिप्पर पो भेटिए...

यी टिप्परका कारण होलेरी-घोराही सडक खण्ड भने झनै खराब बनेको रहेछ । धन्न जाम भएका बेला पर्यो र त्यति धेरै सस्ती खप्नु भने परेन ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।