गाईघाटमा ठडियो गाईको मूर्ति

मंसिर १३, २०७९ |भोटराज राई
गाईघाटमा ठडियो गाईको मूर्ति

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा त्यहाँको पहिचान झल्काउने गाईको प्रतीक निर्माण गरिएको छ । गाईघाट बजारको मुख्य चोकमा बाच्छोसहितको गाईको स्तम्भ राखिएको हो ।

उक्त प्रतीकलाई चारै दिशाबाट अवलोकन गर्न सकिनेछ । जिल्लाको केन्द्रमा राखिएको गाईको प्रतीकले गाईघाट मात्र नभई सिङ्गो उदयपुरकै पहिचानको आभास दिलाउनेछ ।

त्रियुगा नगरपालिकाको लगानीमा गाईको प्रतीकसहितको स्तम्भ निर्माण भएको हो । यसको रङ्ग रोगनसहितको फिनिसिङ र उद्घाटनको काम भने बाँकी नै छ । 


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।