अनरको म्याजिक एट सिरिज सार्वजनिक

चैत्र २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
अनरको म्याजिक एट सिरिज सार्वजनिक

काठमाडाैं । अनर मोबाइलले तीन नयाँ मोडल बजारमा ल्याएको छ । जसले अब नेपालमा म्याजिक एट अनुभव गर्ने समय आएको कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ लाइनअप अनर म्याजिक एट प्रो, अनर एक्स एट डी र अनर प्याड एट बी सार्वजनिक गरेको छ । यी अत्याधुनिक सुविधासम्पन्न नयाँ मोडलले शक्तिशाली प्रदर्शन, अत्याधुनिक एआई र आकर्षक डिजाइनलाई एकै ठाउँमा ल्याएको कम्पनीको दावी छ ।

आफ्नो डिभाइसबाट अझ बढी अपेक्षा गर्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको यो नयाँ सिरिजले दैनिक जीवनमा प्रविधि प्रयोग गर्ने तरिकालाई नयाँ ढंगले परिभाषित गरेको कम्पनीको दावी छ ।

यो नवप्रवर्तनको अग्रभागमा अनर म्याजिक एट प्रो उत्कृष्टता चाहने प्रयोगकर्ताका लागि विशेष रूपमा तयार गरिएको हो।

दुई सय एमपीको अल्ट्रा-क्लियर क्यामेरासँग यसले प्रत्येक विवरणलाई अविष्मरणीय बनाउने कम्पनीले जनाएको छ । शक्तिशाली 7100 एमएच ब्याट्रीले लामो समयसम्म टिक्ने पावर प्रदान गर्छ। साथै फोटो र भिडियोलाई अझ प्रभावकारी बनाउने कम्पनीको दावी छ ।

अनर म्याजिक एट प्रोको प्रि-बुकिङ मूल्य १,९९,९९९ तोकिएको कम्पनीले जनाएको छ । यो मूल्यमा ग्राहकले ३० हजार रुपैयाँसम्म छुट पाउने बताइएको छ । " अनर म्याजिक एट प्रो " दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र १२८ जीबी स्टोरेज क्षमता उपभोक्ताले पाउने कम्पनीको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.