
काठमाडौं । एआईको प्रयोगबाट कसरी फाइदा लिन सकिन्छ भन्ने विषयलाई लिएर ‘द स्टार्ट अप नेटवर्क’ले प्रशिक्षण दिइरहेको छ।
‘द स्टार्ट अप नेटवर्क’ले काठमाडौंका विभिन्न कलेजहरूमा अध्यानरत विधार्थीहरूलाई कुनै एक थिम दिएर एआई प्रयोग गर्ने विषयमा प्रतिस्पर्धात्मक प्रशिक्षण दिएको हो । ३० वटा समूहमा विभाजन गरेर प्रत्येकलाई एउटा विषयवस्तु दिइएर सामग्री उत्पादनका जिम्मेवारी दिइरहेको आयोजक दस्टाट्स नेटवर्कले जनाएको छ ।
प्रत्येक समूहमा चार जना विधार्थीहरूले आफैं एआईसम्बन्धी सामग्री अर्थात् एप निर्माण गर्दछन् । साेमबारसम्म चल्ने एआई प्रशिक्षणमा उत्कृष्ट हुने समूहलाई पुरस्कार प्रदान गरिने पनि नेपाले जनाएको छ।