
काठमाडौं । कृत्रिम बुद्धिमता-एआईका विषयमा छलफल गर्न काठमाडौं शनिबारदेखि 'एआई कन्फ २०२६' सुरू भएको छ ।
आइतबारसम्म चल्ने एआई सम्मेलनमा नेपाल तथा विदेशका इन्जिनियर, डिजाइनर, संस्थापक र एआई क्षेत्रका विज्ञ सहभागी छन् । एआईलाई वास्तविक संस्थागत प्रणालीमा कसरी निर्माण, प्रयोग, सुरक्षित र नियमन गरिन्छ भन्ने विषयमा छलफल गर्न कार्यक्रम गरिएको आयोजकको भनाइ छ ।
अन्तर्राष्ट्रिय र स्वदेशी विज्ञलाई एउटै मञ्चमा राखेर काठमाडौंलाई एआई नवप्रवर्तनको उदीयमान केन्द्रका रूपमा प्रस्तुत गर्न सम्मेलन आयोजना गरिएको आयोजकले जनाएका छन् ।