के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ?

पुस ४, २०८२ |कृपाल गौतम
के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ?

काठमाडौं । के नेपालमा फेसबुक मोनिटाइजेसन बन्द भएको हो ? 

पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले नेपालमा कन्टेन्ट मोनिटाइजेसन बन्द गरेको खबर चर्चामा छ । फेसबुक पेज तथा क्रियटरहरूको ड्यासबोर्डमा 'योर एविलिटि टू अर्न इज लिमिटेड' र 'लोकल लिगल रिक्वायरमेन्ट अर गभर्मेन्ट रिक्वेस्ट' जस्ता सूचना देखिन थालेपछि यस्तो खबर फैलिएको हो ।

तर वास्तविकता भने फरक छ । तर जुन हिसाबले पछिल्लो समय नेपालमा मनिटाइजेसन बन्द भयो भन्ने हल्ला छ, त्यो हल्ला मात्र हो । नेपालमा फेसबुकले भदौको तेस्रो हप्ताबाट मनिटाइजेसन सुरू गरेको थियो । अहिले धेरैले कन्टेन्ट हालेर रकम कमाइरहेका छन् । तर जुन हिसबले पछिल्लो समय नेपालमा मनिटाइजेसन बन्द भयो भन्ने हल्ला छ, त्यो गलत हो । यद्दपि केहि फिचर परिवर्तन भएपनि त्यस्ले नेपाली क्रिएटरहरूलाई फरक भने पर्ने छैन ।

यसअघि मनिटाइज्ड भएका फेसबुक अकाउन्टहरूमा सबक्रिप्सन भन्ने अप्सन थियो । अर्थात् कसैले क्रिएटरलाई सब्रकाइब गरेको छ भने उसले सब्रस्काइब गरेकाहरूका लागि मात्रै भनेर छुट्टै कन्टेन्ट बनाउन सक्थ्यो । यसका लागि सबस्क्राइब गर्नेहरूले निश्चित शुल्क समेत तिर्नुपर्थ्यो र यो रकम क्रिएटरहरूलाई जान्थ्यो। तर यो फिचर नेपालमा भने प्रयोगमा थिएन । खासमा अहिले फेसबुकमा नेपालबाट यो अप्सन हटेको छ । 

त्यही जानकारी दिन फेसबुकले मनिटाइजेसन लिमिटेड भनेर नोटिफिकेसन दिएको हो । फेसबुक पेज तथा क्रियटरहरूको ड्यासबोर्डमा 'योर्र एविलिटि टू अर्न इज लिमिटेड' र 'लोकल लिगल रिक्वायरमेन्ट अर गभर्मेन्ट रिक्वेस्ट' जस्ता सूचना देखिन थालेपछि नेपालबाट मनिटाइजेसन बन्द भएको खबर फैलिएको हो ।

तर अहिले मोनिटाइजेसन भएका कुनै-कुनै एकाउन्टहरूमा भने कहिले ड्यासवोर्डमा मनिटाइज भएको रकम नदेखिनेलगायत केही क्षणिक समस्या देखिन भने सक्छ । तर मनिटाइजेसन बन्द भने भएको हैन । अहिले फेसबुकले केही फिचर परिवर्तन भने गरेको छ । 

जस्तो फेसबुकको नयाँ नियम अनुसार अब, मनिटाइजेसनका लागि क्रिएटरहरूले ९० दिनभित्र कम्तिमा तीनवटा रिल अपलोड गर्नुपर्ने, प्रयोगकर्ताको १० हजार फलोअर्स हुनुपर्ने र २८ दिनभित्र १ लाख ५० हजार भ्युज हुनुपर्ने मापदण्ड तोकेको छ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।