सीपलाई समाधानसँग जोड्ने मोबाइल एप सार्वजनिक

मंसिर ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सीपलाई समाधानसँग जोड्ने मोबाइल एप सार्वजनिक

काठमाडौं । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजानिक गरेको छ ।

शनिबार काठमाडौमा एक कार्यक्रमका बीच ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एपः मोबाइल ग्यारेज’ सार्वजानिक गरिएको हो । मोबाइल ग्यारेज एपले सवारी साधान बिग्रिएमा मिस्त्रीहरू उपलब्ध गराउनेछ । मोबाइल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उदेश्यले मोबायल ग्यारेज एप सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । 

सवारीसाधानमा समस्या भएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ । उक्त एपमार्फत सहजै रूपमा रियल टाइममा नै मिस्त्री उपलब्ध हुने उहाँले बताउनु भयो । उहाँले ग्यारेजसम्बन्धी सीप भएकाहरूलाई रोजगारी पनि मोबाइल एपमार्फत उपलब्ध हुने उल्लेख गर्नुभयो । यो एपले सवारी धनी र मिस्त्रीको पुलको रूपमा काम गर्ने उहाँको भनाइ छ । उहाँले दुई वर्षको प्रयासपछि मोबाइल ग्यारेज एप निर्माण गर्न सफल भएको जानकारी दिनुभयो ।

उहाँले एपले रियल टाइम सेवा, प्रमाणित मिस्त्री प्रोफाइल, सजिलो एप साइनअप र व्यापार वृद्धि लगायतका सुविधा प्रदान गर्ने जानकारी दिनुभयो । एपमा ग्यारेज सञ्चालक र सवारीधनी जोडिन सक्नेछन् । मोबाइल एप प्लेस्टोर वा एपस्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिनेछ । एपमा मेकानिकहरूले मेकानिकको प्रोफाइल बनाउनुपर्ने र सेवाग्राहीले साइनअप गर्नुपर्ने सुविधा रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.