
काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले वाइफाइमा सिक्स-जी प्रविधि शुभारम्भ गरेको छ ।
सिक्स-जी प्रविधिले फाइभ-जीभन्दा ४० प्रतिशत बढी कभरेज प्रदान गर्ने कम्पनीको दाबी छ । वाइफाइमा सिक्स-जी सेवाको वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा वर्ल्डलिंकले काठमाडौं गोर्खाजलाई सम्मान गरेको थियो । एनपीएलको फ्रेन्चाइज टीम काठमाडौं गोर्खाजको मुख्य प्रायोजक वर्ल्ड लिंक हो।
सो अवसरमा वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहिया, सीइओ सुरजसिंह ठकुरी र हेड कोच मोन्टी देसाईलाई स्मृतिचिन्ह प्रदान गर्दै आगामी एनपीएल सिजनका लागि शुभकामना दिनुभयो।