तिलिचो बेस क्याम्पमा आजदेखि टेलिफोन तथा फोर-जी इन्टरनेट सेवा सुरू

आश्विन ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिलिचो बेस क्याम्पमा आजदेखि टेलिफोन तथा फोर-जी इन्टरनेट सेवा सुरू

मनाङ । मनाङको तिलिचो बेस क्याम्पमा शुक्रबारदेखि टेलिफोन तथा फोर-जी इन्टरनेट सेवा सुरू भएको छ ।

तिलिचो तालको बेस क्याम्प रहेको मनाङ निस्याङ गाउँपालिका-९ मा शुक्रबारदेखि नेपाल टेलिकमको मोबाइल तथा इन्टरनेट सेवा सुरू भएको हो ।

पर्यटकीय क्षेत्रमा अनिवार्य टेलिफोन तथा इन्टरनेट सेवा पुर्याउने सरकारको नीति तथा स्थानीयको निरन्तरको प्रयास पछि तिलिचो बेस क्याम्पमा सेवा आरम्भ गरिएको गण्डकी प्रादेशिक निर्देशनालय पोखराका वरिष्ठ इन्जिनियर निरज कुमार गुप्ताले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.