सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण, पाँच महिनाभित्र १० सहरमा निःशुल्क वाइफाइको घोषणा

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण, पाँच महिनाभित्र १० सहरमा निःशुल्क वाइफाइको घोषणा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गर्नुभएको छ । 

साेमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौंसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको मन्त्रालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.