गोरखा । २०७१ मा बन्द भएपछि सरकारले गोरखकाली रबर उद्योगका कर्मचारी र मजदुरलाई सेवा-सुविधा दिएर अवकास दिइसकेको छ। चुनावताका सधैँ पुन सञ्चालनको आश्वासन बाँडिने गोरखाको मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योग पुग्दा जीर्ण भवन र खिया लागेका पुराना उपकरण मात्रै भेटिन्छन्। तर सरकारले चाहेमा उद्योग पुन: सञ्चालन हुनेमा पूर्वकर्मचारी र मजदूर अझै आशावादी छन् ।
कुनै बेला रेडियो र टेलिभिजनमा धेरै सुनिने विज्ञापन हो यो । तर गोरखकाली टायरको उद्योग नै १० वर्षभन्दा लामो समयदेखि बन्द छ । झण्डै २० वर्ष चलेको गोरखकाली रबर उद्योग २०७१ चैत २३ गतेदेखि बन्द भएको हो । उद्योगका मजदुर र कर्मचारीलाई समेत सरकारले सेवा सुविधासहित अनिवार्य अवकास दिइसकेको छ । तर अवकाश पाएका पूर्वकर्मचारी र मजदुरहरू भने सरकारले चाहेमा फेरि पनि उद्योग सञ्चालन हुनसक्ने बताउाछन् ।
राष्ट्रिय योजना आयोगले यसअघिका सरकारसमक्ष उद्योगको अवस्था र सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने सुझावसमेत बुझाइसकेको छ । उद्योगको स्वामित्वमा रहेको करिब ७ सय रोपनी जग्गा झाडी बनेको छ । जीर्ण उद्योग भवनभित्र छरपष्ट टायर, ट्युब अनि खिया लागेका पुराना मेसिन देखिन्छन् । बन्द उद्योगको रेखदेख गर्ने जिम्मेवारी पूर्वलेखा प्रमुख दिनेश कार्कीलाई दिइएको छ ।
गोरखाको मझुवा देउरालीमा रहेको यो उद्योग प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं-२ अन्र्तगत पर्दछ । २०६४ यता यही क्षेत्रबाट निर्वाचित बाबुराम भट्टराई र पुष्पकमल दाहाल मूलूकको प्रधानमन्त्री बन्नुभयो । अहिले यसै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभाका सांसद कविन्द्र बुर्लाकोटी पनि रबर उद्योग पुन सञ्चालनका लागि पहल गर्ने बताउनुहुन्छ ।
२०४८ सालमा शिलान्यास भएको गोरखकाली रबर उद्योगले २०५१ बट उत्पादन थालेको थियो । यसमा नेपाल सरकारको ३८ प्रतिशत र बााकी शेयरमा नेपाल आयल नियम,औद्यगिक विकास निगम, हिमाल सिमेन्ट शाल्ट टेडिङ, नेशनल टेडिङ, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, राष्ट्रिय बिमा संस्थान र सर्वसाधारण समेत लगानी थियो । उद्योगको वाषिर्क ८० ट्रक टायर र ४० हजार नन ट्रक टायर उत्पादन क्षमता थियो । उद्योग चल्दा २ सय ८० जना मजदुर कर्मचारीले रोजगारी पाएका थिए ।