एआईको जमानामा एकै पटक फड्को मार्न नेपालमा दक्ष जनशक्ति छैनः प्रमुख सचेतक पाण्डे

श्रावण २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
एआईको जमानामा एकै पटक फड्को मार्न नेपालमा दक्ष जनशक्ति छैनः प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले विकसित समाजमा एकै पटक फड्को मार्नसक्ने गरी काम गर्न नेपाली जनशक्ति पर्याप्त नरहेको बताउनुभएको छ ।

बुधबार सूचना, प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्तो धेरै पछि परेको समाजलाई एकै पटक एआईको युगमा फड्को मार्नसक्ने गरी काम गर्ने जनशक्ति नेपालमा नरहेको बताउनु भयो । 

उहाँले त्यसका लागि विद्यालयस्तरदेखि विश्वविद्यालयस्तर सम्मको पाठ्यक्रममा कोर्षहरू सञ्चालन गर्न जरूरी देखिएको बताउनु भयो । तर विधेयमा ति कुराहरू समावेश नै नभएको बताउनु भयो ।

प्रमुख सचेतक पाण्डेले नेपाली भाषाको स्तरवृद्धि गर्नमा पनि विधेयकमा ध्यान दिन नसकेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.