इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो, यसै वर्ष काठमाडौं र पोखरामा फाइभजी चल्छः सञ्चारमन्त्री

श्रावण २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
इन्टरनेट प्राप्त गर्नु नागरिकको मौलिक अधिकार हो, यसै वर्ष काठमाडौं र पोखरामा फाइभजी चल्छः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सबै नागरिकले इन्टरनेट प्राप्त गर्नेकुरा मानव अधिकारको विषय भएको बताउनुभएको छ ।

विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इन्टरनेटको पहुँच सबैले प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताउनु भयो । 

उहाँले इन्टरनेट पहुँचको विषय मानव अधिकार र मौलिक अधिकारको रूपमा संयुक्त राष्ट्रसंघले सन् २०१६ मा पास गरिसकेको बताउनु भयो । उहाँले नेपाल सरकारले टेलिकमको पहुँचबाट नेपालको एउटा पनि घर छुट्नु हुँदैन भनेर काम गरिरहेको बताउनु भयो । 

अहिलेलाई नेपालभर नै फोरजीको पहुँच पुर्‍याउने र फाइभजी चालु आर्थिक वर्षमै काठमाडौं र पोखरा शहरमा पुर्‍याउने गरी सरकारले काम गरिरहेको उहाँकाे भनाइ छ । उहाँले फाइभ जी टेक्नोलोजी प्रयोग नगरिए एआईको सही प्रयोग हुन नसक्ने बताउनु भयो ।

मन्त्री गुरूङले सबै नेपालीले इन्टरनेटको प्रयोग गर्नसक्ने बनाउनु आजको सरकारको दायित्व भएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.