काभ्रे । जिल्लाको भौगोलिक हिसाबमा पछि परेको क्षेत्र महाभारत गाउँपालिकाभित्र रहेका सबै वडाका कार्यालय, विद्यालय तथा बस्तीहरूमा इन्टरनेट सेवा पुर्याउने उद्देश्यले महाभारत गाउँपालिका र सजिलो नेटवर्क प्रालिबीच समन्वयसहितको सहमति भएको छ।
असार १९ गते सम्पन्न दुई पक्षीय सहमतिमा आगामी ६ महिनाभित्र पालिकाभित्र रहेका सबै बस्तीमा इन्टरनेट जडान गरिने उल्लेख गरिएको छ।
सहमति अनुसार पालिकाभित्रका सरकारी तथा सामुदायिक विद्यालयहरूमा निःशुल्क ४ एमबीपीएस गतिको इन्टरनेट सेवा जडान गरिनेछ।
प्रत्येक वडा कार्यालयमा पनि ५ सय एमबीपीएस गाउँकार्यपालिका कार्यलयमा र वडा, विधालय, स्वास्थ्य सस्था र निजिलाई समेत इन्टरनेट जडान गरिने सम्झौतामा उल्लेख छ। पालिकाले आवश्यक पोल तथा तार जडानका लागि समन्वय र अनुमति प्रदान गर्नेछ ।
इन्टरनेट जडानको लागि रू. २ हजार भन्दा नबढ्ने गरी जडान शुल्क लागु गरिएको छ । सजिलो नेटवर्कले प्रत्येक वडाका कार्यालयमा एकजना प्रविधिक समेत खटाउनेछ र पालिकाभित्र नेटवर्क स्तरीय निगरानी र समस्या समाधानका लागि सहयोग उपलब्ध गराउनेछ।
सहमतिको हस्ताक्षर कार्यक्रममा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङ र सजिलो नेटवर्क प्रालिका प्रमुख कार्यकारी अधिकृत विकास मुडवारी लगायतको उपस्थिति र सम्झौतामा हस्ताक्षर समेत रहेको छ।
गाउँपालिकाले यो सहमती लाई 'डिजिटल गाउँपालिका' बनाउने दिशातर्फको महत्त्वपूर्ण पाइलाका रूपमा लिईएक्क गाउँपालिका अध्यक्ष जिम्बाले बताउनु भयो ।