क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन नेपाली बजारमा

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन नेपाली बजारमा

 काठमाडौं । क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन डेन्टल प्वाइन्ट प्रालिले नेपाली बजारमा ल्याएको छ ।

डेन्टल प्वाइन्टले एक कार्यक्रमबीच इनभिजलिनको सार्वजनिक गरेको हो । कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले इनभिजलिन ब्रान्डका क्लियर अलाइनर नेपालभरि उपलब्ध हुने जानकारी दिनुभयो ।

‘दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधिभन्दा धेरै गुणा उपयुक्त प्रविधिबारे जानकारी गराउन पाउँदा हामी खुसी छौं,' ’उहाँले भन्नुभयो, 'क्लियर अलाइनरको प्रयोगले बिरामीले चाँडो/चाँडो चिकित्सक भेट्नपर्ने वाध्यता समेत हट्नेछ ।' 

इनभिजलिनको प्रयोगका लागि ग्लोबल आएएमई बैंकबाट इन्स्टलमेन्ट सुविधा समेत उपलब्ध हुने डेन्टल प्वाइन्टले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.