पाँच पटक आग्रह गर्दा पनि नेपालमा दर्ता हुन मेटाको अटेर

वैशाख २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाँच पटक आग्रह गर्दा पनि नेपालमा दर्ता हुन मेटाको अटेर

काठमाडौं । सरकारले दर्ता गरेर मात्र नेपालमा सञ्चालन गर्न भने पनि सामाजिक सञ्जाल प्ल्याटफर्म मेटाले अटेर गरेको छ । भाइबर, वी-टक र टिकटक सूचीकृत भइसके पनि मेटा भने अहिलेसम्म दर्ता हुन नआएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

मेटालाई एक वर्षको अवधिमा सूचीकृत हुन तीन पटक इमेलबाट र दुई पटक भर्चुअल माध्यमबाट आग्रह गरिसके पनि अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताउनुभयो ।

सरकारले नेपालमा दर्ता नगरी कुनै पनि सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने चेतावनी दिँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.