त्रिपुराकोट डोल्पा । त्रिपुरासुन्दरीमा नेपाल टेलिकमकाे ‘एनटी एफटीटीएच’ सेवा विस्तार गर्न थालिएको छ । टेलिकमको नियमित सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत डोल्पामा टेलिकमले आफ्नो सेवा विस्तारमा तिव्रता दिएको छ ।
मंगलबार त्रिपुरासुन्दरीमा टेलिकमको ‘एनटी एफटीटीएच’ सेवा विस्तारको कार्य थालनी गरेको हो । नेपाल टेलिकम को ‘एनटी एफटीटीएच’ सेवा सुचारू भएसँगै त्रिपुरा सुन्दरी नगरपालिका बगर बजार क्षेत्रका नागरिकले हुँदै द्रुत गतिको ईन्टरनेट र फोन सेवा उपभोग गर्न पाउने भएका छन ।
टेलिकमले त्रिपुरासुन्दरी नगरपालिकाको टावरबाट बगरमा रहेको वस्तिमा नेटवर्क गरि वितरण गरिने र राडिज्युलाबाट आएको एडिएसएस फाइबर लिङ्कसँग कनेक्शन गरी द्रुत गतिको ईन्टरनेट र टेलिफोन सेवा दिने दुरसञ्चार कार्यालय डोल्पाका टेलीकम टेक्निशियन नवराज भट्टराईले जानकारी दिनुभयो ।
टेक्निशियन भट्टराईकाअनुसार नयाँ वर्ष २०८२ को बैशाख महिनामा त्रिपुराकोट बगर बजार क्षेत्रका सर्वसाधारण ग्राहकलाई वितरण गर्ने तयारी रहेको छ ।
टेलिकमको ‘एनटी एफटीटीएच’ सेवा सुरू भएसँगै ग्राहकले अब टेलिकमको द्रुत गतिको न्युनतम (५० एमबीपीएस देखी अधिकतम एक जीबी सम्म) को इन्टरनेट एनटीटिभी, टेलिफोनलगायतकका सेवा दिन टेलिकम तयार रहेको दुरसञ्चार कार्यकलय डोल्पाका प्रमुख दया बिक्रम केसीले जानकारी दिनुभयो ।