ह्वावेले गर्‍यो आफ्नै नयाँ अपरेटिङ सिस्टम लन्च

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
ह्वावेले गर्‍यो आफ्नै नयाँ अपरेटिङ सिस्टम लन्च

काठमाडौं । चिनियाँ टेक जायन्ट कम्पनी ह्वावेले आफ्नै नयाँ अपरेटिङ सिस्टम ‘हार्मोनी नेक्स्ट’ लन्च गरेको छ । अमेरिकाले ह्वावेमाथि केही प्रतिबन्ध लगाएपछि ह्वावेले अमेरिकी कम्पनीद्वारा निर्मित हार्डवेयर र सफ्टवेयर प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्दै स्मार्टफोनमा नयाँ अपरेटिङ सिस्टम ‘हार्मानी नेक्स्ट’ प्रयोग गरेको हो ।

ह्वावेले गत मंगलबार एन्ड्रोइड आर्किटेक्चरबाट स्वतन्त्र निर्मित कम्पनीको स्व–विकसित अपरेटिङ सिस्टम हार्मोनी नेक्स्टमा चल्न सक्ने स्मार्टफोनको नयाँ शृङ्खला सार्वजनिक गर्दै उक्त विषयमा जानकारी दिएको चिनियाँ सञ्चारमाध्याले जनाएका छन् । कम्पनीद्वारा स्वतन्त्र रूपमा विकसित नयाँ अपरेटिङ सिस्टम सुविधायुक्त रहेको बताइएको छ । जसमा आफ्नै अपरेटिङ कर्नेल, डाटाबेस, प्रोग्रामिङ भाषा र एआई फ्रेमवर्क समावेश गरिएको कम्पनीले जनाएको छ ।

नयाँ अपरेटिङ सिस्टम प्रयोग भएको स्मार्टफोनका नयाँ मोडल विगतमा सार्वजनिक भएको स्मार्टफोनको तुलना ४० प्रतिशतले सुधार आएको कम्पनीका कार्यकारी निर्देशक यु चेनदोङले जनाकारी दिनुभएको छ ।

नयाँ अपरेटिङ सिस्टममा एआई टेलीपोर्टेशन प्रविधि जडान गरिएको जसलाई विश्व कै दिग्गज कम्पनी एप्पललाई समेत पछाडि छोडेको बताइएको छ ।

उक्त फिचरले ह्वावेका सम्पूर्ण उपकरणहरुलाई सहज र गति दिन समक्ष रहेको र प्रयोगकर्ताले यसको अनुभव गर्न पाउने कम्पनीको भनाइ छ । प्रणाली पूर्णतया एन्ड्रोइड–मुक्त रहेको छ । जसले यसलाई एप्पल र अन्य एन्ड्रोइड–आधारित उपकरण भन्दा फरक बनाएको बताइएको छ ।

‘हार्मोनी नेक्स्ट सिस्टम’का कारण मात्रै यो नयाँ प्रविधि सम्भव भएको कम्पनीको दाबी छ । सन् २०२५ देखि ह्वावेको सम्पूर्ण उपकरणमा हार्मोनी नेक्स्ट अपरेटिङ सिस्टम अनिवार्य प्रयोग हुने कम्पनीका कार्यकारी निर्देशक चेनदोङले जनाकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement