कार बनाउने जापानी कम्पनी ‘निसान’ले ९ हजार कर्मचारी घटाउँदै

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कार बनाउने जापानी कम्पनी ‘निसान’ले ९ हजार कर्मचारी घटाउँदै

काठमाडौं । विश्वको अग्रणी जापानी कार निर्माता कम्पनी निसानले आफ्नो कर्मचारी संख्या घटाउने निर्णय गरेको छ ।

कटौतीको यो नयाँ घोषणाअन्तर्गत निसानका करिब ९ हजार कर्मचारीले जागिर गुमाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कम्पनीले विश्वव्यापी उत्पादन समस्या, चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गर्नुपरेको रोयटर्सले जनाएको छ ।

विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको कारण औल्याउँदै कम्पनीले करिब ९ हजार कर्मचारीलाई निकाल्ने जानकारी दिएको बताइएको छ । यद्यपि निसानले नयाँ घोषणाको सन्दर्भमा बीबीसीले सोधेको प्रश्नको थप विस्तृत जानकारी नदिएको बताइएको छ ।

निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाले नयाँ घोषणले निम्त्याउने परिवर्तनहरूले कम्पनी आफैं संकुचित हुँदैछ भन्ने विषय उजागर नभएको स्पष्ट पार्नुभएको छ । जापानको तेस्रो-ठूलो अटोमेकरले आफ्नो वार्षिक चालु मुनाफा प्रक्षेपणलाई ७० प्रतिशतबाट घटाएर ९ सय ७५ मिलियन डलरमा कायम गरेको छ ।

निसानको विश्वव्यापी बिक्री आर्थिक वर्षको पहिलो ६ माहीनामा ३ दशमलव ८ प्रतिशतले घटेको र अमेरिकामा समेत यस वर्ष निसानको बिक्री ३ प्रतिशतले घटेको कारण कम्पनीलाई उकास्न नयाँ घोषणा गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement