आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

आश्विन २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक

काठमाडौं । नवौं संस्करणको आइसिटी अवार्ड २०२४ को लागि स्टार्टअप, प्रडक्ट र इन्नोभेसन विधामा सेमिफाइनलिस्ट सार्वजनिक गरिएको छ ।

क्याटेगोरी ए अन्तर्गत स्र्टाटअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसन विधामा दुई चरणको छनौट पश्चात सेमाफाइनलिस्ट सार्वजनिक गरिएको हो ।

आइसिटी अवार्डको नवौं संस्करणको लागि नोमिनेसन प्रकृया सम्पन्न भएर सर्वोत्कृष्टको लागि छनौट प्रकृया जारी छ । विभिन्न १४ विधामा खुल्ला भएको नोमिनेसन प्रकृयामा ७ सय बढिको सहभागिता रहेको छ । १४ जनाको जुरी सदस्यहरुले छनौट प्रकृयामा काम गरिरहेका छन् ।

स्टार्टअप आइसिटी अवार्ड २०२४ अन्तर्गत उत्कृष्ट १० को छनौट भएको छ । ४५ बढि स्र्टाटअपहरुको नोमिनेसन रहेको यस विधामा दुई चरणको छनौट पश्चात उत्कृष्ट १० सार्वजनिक गरिएको हो । यस अन्तर्गत अभियान्त्रिक कर्मशाला, बसियो सर्भिसेस, क्रिम्सन टेक, डार्क म्याटर गेम प्रडक्सन, फेन्टासी गेम्स, जियोभेसन नेपाल, हेल्थ याद आयो, ट्याकुम डिजिटल, युवासफ्ट टेक्नोलोजिज र ज्याप सर्भिसेस उत्कृष्ट १० स्टार्टअपमा छनौट भएका छन् ।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड २०२४ को लाग उत्कृष्ट १३ प्रडक्ट सार्वजनिक गरिएको छ । यस विधामा ४० बढि प्रडक्टहरुको नोमिनेसन प्राप्त भएको थियो । राइजिङ स्टार इन्नोभेसन २०२४ मा ६० बढिको आवेदन प्राप्त भएको थियो । यस विधामा उत्कृष्ट १२ इनोभेसन सेमिफाइलिस्टमा छनौट भएका छन् । सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२४ को विधामा उत्कृष्ट १३ इन्नोभेसनहरु सेमिफाइन प्रतिस्पर्धाको लागि छनौट भएका छन् ।

यी उत्कृष्ट स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरुले फाइनल प्रतिस्पर्धाको लागि ग्राण्ड जुरी सेसनमा १४ जना जुरी समक्ष प्रस्तुती र प्रडक्ट शोकेस गर्नुपर्नेछ । यस पश्चात ४ विधामा नै उत्कृष्ट ५ को फाइलिस्ट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ । उत्कृष्ट ५ मा पर्न सफल स्र्टाटअप, प्रडक्ट र इन्नोभेसनले सर्वोत्कृष्ट छनौटको लागि पब्लिक भोटिङसँगै जुरीले कार्यालय भ्रमण गर्नेछन् ।

साउथ एसिया स्टार्टअप अवार्डको लागि नोमिनेसन प्रकृया अझै जारी छ । यस विधामा छनौट प्रकृयाको लागि भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट जुरी सदस्यहरु मनोनयन गरिएको छ । नेपालका सातै प्रदेशका स्टार्टअपलाई लक्षित स्टार्टअप मिटअप सेसनहरु आयोजकले प्रदेश प्रदेशमा सञ्चालन गरिरहेको छ । आइसिटी अवार्डको महत्वपुर्ण प्रि इभेन्ट कार्यक्रमहरु कार्तिक अन्तिम सातादेखी सञ्चालन हुनेछन् ।

आइसिटी अवार्डको छनौट प्रकृया नेपालमा हुने अवार्डहरुमध्ये सबैभन्दा वृहत, निष्पक्ष र पारदर्शी रहने आयोजकको दाबी रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.