पारामाउन्ट मोटर्सको बिन्गुओ इभीमा नाडा-दशैं अफर, ३० लाखमै सुविधासम्पन्न इभी

भाद्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पारामाउन्ट मोटर्सको बिन्गुओ इभीमा नाडा-दशैं अफर, ३० लाखमै सुविधासम्पन्न इभी

काठमाडौं । पारामाउन्ट मोटर्सले वुलिङ बिन्गुओ इभीमा नाडा-दशैं अफर ल्याएको छ ।

नेपालमा वुलिङ बिन्गुओको अधिकृत वितरक र आयातकर्ता पारामाउन्ट मोटर्सले दशै‌ं-नाडा अफरअन्तर्गत वुलिङ बिन्गुओ इभी २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । पारामाउन्ट मोटर्सले मूल्यअनुसार उपभोक्ताले गुणस्तरीय र सुविधायुक्त इभी प्राप्त गर्ने जनाएको छ ।

बिन्गुओ इभी सानो साइजको गाडी भए पनि प्रसस्त स्पेस भएको र यसमा रहेको लिथियम फेरो-फास्फेट ब्याट्रीका कारण उपभोक्तालाई यात्रामा सुविधा पुग्ने कम्पनीको भनाइ छ । यसको ब्याट्री ३५ मिनेटमा पूरा चार्च हुने र एकपटक चार्च गरेपछि ३ सय ३३ किलोमिटरसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

बिन्गुओ इभीमा सुरक्षाका लागि डुअल फ्रन्ट एयरब्याग, एबीएस र ईबीडीट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलका साथै अन्य सुरक्षाका उपायहरुमा पार्किङ र गियर क्यामेरा, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रिक पार्किङ ब्रेक र अटोमेटिक भेहिकल होल्ड जस्ता सुविधा उपलब्ध छन् । 

पारामाउन्ट मोटर्स बिन्गुओसँगै एमजी मोटर्स, माज्दा, म्याक्सस जस्ता गाडीको आधिकारिक विक्रेता र आयातकर्ता हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement