ब्राजिलले लगायो सोसल मिडिया प्लेटफर्म ‘एक्स’माथि पूर्णरुपमा प्रतिबन्ध

भाद्र १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्राजिलले लगायो सोसल मिडिया प्लेटफर्म ‘एक्स’माथि पूर्णरुपमा प्रतिबन्ध

काठमाडौं । ब्राजिलले सोसल मिडिया प्लेटफर्म ‘एक्स’लाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो ।

‘एक्स’लाई म्याद भन्दा पहिले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न भनेपनि त्यसो गर्न असफल भएपछि सर्वोच्च अदालतले तत्कालका लागि पूर्णरुपमा बन्द आदेश दिएको बीबीसीले जनाएको छ ।

एक्सले जरिवाना वापत करिब ३० लाख अमेरिकी डलर तिर्नुपर्ने जनाइएको छ। अदालतले गुगललाई समेत एक्सको एप्लिकेशनलाई आइफोन अपरेटिङ सिस्टमको स्टोर र एन्ड्रोइडको स्टोरबाट पाँच दिनभित्र हटाउने आदेश दिएको बीबीसीले जनाएको छ ।

ब्राजिलले एक्समाथि प्रतिबन्ध लगाएसँगै एलन मस्कले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार रहेको र राजनीतिक दबाबका कारण सर्वोच्चलले त्यसमाथि बन्देज लगाएको प्रतिक्रिया दिनभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement