स्पेस एक्सको 'अर्थ केयर' मिसनअन्तर्गतको भूउपग्रह अन्तरीक्षमा पुग्यो

जेष्ठ १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेस एक्सको 'अर्थ केयर' मिसनअन्तर्गतको भूउपग्रह अन्तरीक्षमा पुग्यो

काठमाडौं । एलन मस्कको कम्पनी स्पेस एक्सको 'फाल्कन ९ रकेटले ‘अर्थकेयर’ मिसन अन्तर्गत हिजो क्यालिफोर्नियाको भान्डेनवर्ग स्पेस फोर्स बेसबाट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

उक्त रकेटले बेसबाट स्थानीय समय अनुसार ३ बजेर २० मिनेटमा उडान भरेको थियो । उक्त फाल्कन ९ रकेटले बोकेको उपग्रह पृथ्वीको तापक्रमलाई सन्तुलन र जलवायु अनुसन्धान गर्न डिजाइन गरिएको बताइएको छ ।

उपग्रहले सौर्य विकीरणलाई अन्तरीक्षमा प्रतिबिम्बित गर्न र पृथ्वीको सतहबाट उत्सर्जित इन्फ्रारेड विकीरणलाई रोक्नमा खेल्ने भूमिकाको जाँच गर्ने बताइएको छ । वायुमण्डल र विकीरणलाई अध्ययन गर्न उपग्रहमा चार उपकरणहरु जडान गरिएको छ ।

क्यालिफोर्नियाको भान्डेनवर्ग स्पेस फोर्स बेसबाट उपग्रहसहित उडान भरेको उक्त रकेट युरेपेली अन्तरीक्ष एजेन्सी (ईएसए) र जापानी एरोस्पेस एक्सप्लोरेसन एजेन्सीबीचको संयुक्त मिसन अन्गर्गत रहेको बताइएको छ । ‘अर्थकेयर’ मिसन अन्तर्गत दुवै एजेन्सीले विगतदेखि नै संयुक्त रुपमा कार्य गर्दै आएका थिए । फाल्कन ९ रकेटले उपग्रहलाई सतहमा पुर्‍याएर पुनः सफतलापूर्वक पृथ्वीमा अवतरण गरिसकेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement