एनसेलको ‘सधैँ अन योजना’ सार्वजनिक

जेष्ठ ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनसेलको ‘सधैँ अन योजना’ सार्वजनिक

काठमाडौं । सस्तो र सर्वसुलभ रूपमा मोबाइल डेटा उपलब्ध गराउन भन्दै एनसेलले सधैँ अन योजना सार्वजनिक गरेको छ । यो योजनाले उपभोक्तालाई ब्यालेन्स सकिने डरबाट मुक्त गर्ने एनसेलले जनाएको छ । 

सधैँ अन योजनामा ७ दिन अवधिका लागि ९८ रुपैयाँ र २८ दिनका लागि १४ सय ९९ रुपैयाँमा अनलिमिटेड डेटा ग्राहकले पाउनेछन् । विश्वभर बढ्दो इन्टरनेटको प्रयोग र नेपाली उपभोक्तालाई फाइभ-जीमा अभ्यस्त बनाउन यस्तो योजना सार्वजनिक गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले बताउनुभएको छ । 

विश्वभर द्रुतगतिमा इन्टरनेटको प्रयोग बढ्दै गएको छ । तर नेपाल विश्वको १ सय ९ औँ स्थानमा छ । यो योजनाले सन् २०२६ सम्म नेपाल शीर्ष ५० मा पुग्ने एनसेलको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.