बनाइयो ‘तिथिमिति डटकम सफ्टवेयर’ र ‘नेपाल संवत्’ नामक मोबाइल एप

चैत्र १२, २०८० |कान्तिपुर टीभी संवाददाता
बनाइयो ‘तिथिमिति डटकम सफ्टवेयर’ र ‘नेपाल संवत्’ नामक मोबाइल एप

काठमाडौं । नेपाल संवत्‌को तिथिमिति व्यवहारमा प्रयोगमा ल्याउन सकिने गरी एप विकास गरिएको छ ।

‘तिथिमिति डटकम सफ्टवेयर’ र ‘नेपाल संवत्’ नामक मोबाइल एप आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरिएको हो । यो एपबाट नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्‌का बार, गते, वर्ष एवं तिथि हेर्न सकिने जनाइएको छ ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपाल संवत्‌लाई सरकारी कामकाजमा प्रयोग ल्याउने निर्णयसमेत भइसकेको उल्लेख गर्दै सफ्टवेयरको विकासले झन् सजिलो हुने धारणा राखे ।

उक्त सफ्टवेयर तथा मोबाइल एप राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठान र स्पाइरो-लोजिक्स इन्टरनेसनलले तयार पारेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement