फेसबुकको समस्या सल्टियो, पुन: सञ्चालन

फाल्गुन २२, २०८० |कान्तिपुर टीभी संवाददाता
फेसबुकको समस्या सल्टियो, पुन: सञ्चालन

काठमाडौं । झन्डै १ घण्टाभन्दा बढीसमय विश्वभर फेसबुकमा देखिएको समस्या समाधान भएको छ । नेपाली समयअनुसार मंगलबार बेलुका साढे ९ बजेतिरबाट फेसबुक डाउन भएको थियो । झन्डै साढे १० बजेबाट फेसबुकको समस्या समाधान भएको हो ।

एक घण्टाजति मेटाअन्तर्गतका फेसबुक, मेसेन्जर, थ्रेड्स, इन्स्टाग्राम र ह्वाट्सएपमा समस्या देखिएको थियो ।

मेटाअन्तर्गतका सबैमा समस्या देखिएपछि फेसबुकले प्राविधिक समस्या देखिएको भन्दै सम्भव भएसम्म छिटो समस्या समाधान गर्ने जनाएको थियो । फेसबुक प्रयोगकर्ताहरुले अकाउन्ट एकाएक लगआउट भएको थियो । अहिले भने यसको समस्या समाधान भइसकेको छ ।

फेसबुकमा समस्या आएपछि एक्स (पहिले ट्विटर) सहितका सामाजिक सञ्जालमा चर्चा भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement