भिभोका कर्मचारीको गिरफ्तारीबारे चिनियाँ मिडियाले के भने ?

पुस १८, २०८० |कान्तिपुर टीभी संवाददाता
भिभोका कर्मचारीको गिरफ्तारीबारे चिनियाँ मिडियाले के भने ?

काठमाडौं । स्मार्टफोन उत्पादक कम्पनी भिभोका कर्मचारी पक्राउ परेपछि चिनियाँ मिडिया र विज्ञहरूले भारतमा चिनियाँ कम्पनीको उत्पीडनको आलोचना गरेका छन् ।

सोही समयमा, भारतीय सञ्चारमाध्यमका धेरै रिपोर्टहरूमा यो भनिएको छ कि आर्थिक अपराधहरूको अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालय (ईडी) ले गत साता मनी लाउडरिङ अनुसन्धानका क्रममा भिभो-इन्डियाका तीन अधिकारीलाई पक्राउ गरेको थियो ।

बेइजिङबाट प्रकाशित अर्थप्रधान पत्रिका ‘क्याक्सिन’ ले २६ डिसेम्बरमा यस्तो रिपोर्ट गरेको थियो ।

म्यागजिनका अनुसार, पछिल्लो गिरफ्तारीहरू ईडीले टेक कम्पनी भिभोको संलग्नताको अनुसन्धानको क्रममा एक चिनियाँ नागरिकसहित चार कार्यकारीलाई हिरासतमा लिएको दुई महिनापछि आएको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले डिसेम्बर २५ मा नियमित पत्रकार सम्मेलनमा भारतस्थित चिनियाँ दूतावास र वाणिज्य दूतावासले सम्बन्धित व्यक्तिलाई कन्सुलर सुरक्षा र सहयोग जारी राख्ने जनाए । उनले चिनियाँ कम्पनीको वैधानिक अधिकार र व्यावसायिक हितलाई चीन सरकारले पूर्ण समर्थन गर्ने बताए ।

‘ग्लोबल टाइम्स’ले के लेखेको छ ?

अन्तर्राष्ट्रिय पाठकहरूलाई ध्यानमा राखेर प्रकाशित हुने यो सरकारी दैनिक पत्रिकाले डिसेम्बर २५ मा सम्पादकीय पनि लेखेको थियो ।

भारत हालैका वर्षहरूमा खराब व्यापारिक वातावरणका लागि कुख्यात भएको भनिएको थियो । अखबारले यो अपारदर्शी बजार नियम र कानुन प्रवर्तन एजेन्सीहरूले स्वेच्छाचारी रूपमा विदेशी कम्पनीहरू, विशेषगरी चिनियाँ व्यवसायहरूलाई लक्षित गरेको लेखेको छ ।

मे २०२० मा पूर्वी लद्दाखको गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको झडपलाई उल्लेख गर्दै अखबारले सीमा विवादलाई व्यापारिक मोर्चामा ल्याएकोमा भारतको आलोचना गर्‍यो ।

सम्पादकीयले सीमा झडपपछि भारतको निर्णयको पनि आलोचना गरेको छ । भारतले चिनियाँ भिडियो एप टिकटकलगायत दर्जनौं चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि भारतको तर्फबाट भनिएको थियो, ‘तिनीहरूले भारतको सुरक्षा र सार्वजनिक व्यवस्थालाई खतरामा पारेका छन् ।’

यसैबीच, डिसेम्बर २८ मा, सरकारसँग सम्बन्धित राष्ट्रवादी मिडिया आउटलेट ‘गुन्चा’ ले केही अज्ञात अमेरिकी मिडिया आउटलेटहरूलाई उद्धृत गर्दै रिपोर्ट गर्यो कि भारतमा अभियोजन पक्षका वकिलहरूले न्यायाधीशलाई एक छाप लगाइएको पत्र बुझाएका थिए र यो मात्र पढ्न अनुमति दिनुपर्छ ।

अभियोजन पक्षका वकिलले उक्त पत्र दिएकामा प्रतिपक्षका वकिलले कडा आपत्ति जनाएको ‘गुन्च’ ले जनाएको छ ।

-बीबीसी


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.