तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड ‘जुनियर’ नेपालमा आयोजना हुने

पुस १४, २०८० |कान्तिपुर टीभी संवाददाता
तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड ‘जुनियर’ नेपालमा आयोजना हुने

काठमाडौं । अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर नेपालमा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रियस्तर यो प्रतियोगिता आगामी वर्षको असोज १७ देखि २४ गतेसम्म हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यस किसिमको प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको हो ।

खगोल तथा अन्तरिक्ष विज्ञानको क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव, नेपालमा राष्ट्रिय खगोल ओलिम्पियाड आयोजना गर्दै अन्तर्राष्ट्रिय ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरेको एक दशकभन्दा लामो अनुभवले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना पाउँदा हर्षित रहेको सोसाइटीले जनाएको छ ।

२०७९ सालदेखि सुरु भएको अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको नेपाल एक संस्थापक सदस्य राष्ट्र हो ।

प्रतियोगिताको पहिलो संकरण सन् २०२२ मा रोमानिया तथा दोस्रो संकरण २०२३ मा ग्रीसमा आयोजना गरिएको थियो । तेस्रो संकरण २०२४ मा गर्न

अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड समितिले २०२४ मा हुने तेस्रो संस्करण आयोजनाका लागि नेपालले गरेको प्रस्ताव स्वीकृत गरेको सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै सोसाइटीले तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोलभौतिक ओलम्पियाड–जुनियरको लोगोसमेत सार्वजनिक गरेको छ । साथै नेपालमा पहिलो पटक आयोजना हुन गइरहेको यो अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैको साथ र सहयोगको अपेक्षा रहेको सोसाइटीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.