ललितपुरमा तेस्रो संस्करणको सूचना प्रविधि मेला

पुस १२, २०८० |कान्तिपुर टीभी संवाददाता
ललितपुरमा तेस्रो संस्करणको सूचना प्रविधि मेला

ललितपुर । ललितपुरमा तेस्रो संस्करणको सूचना प्रविधि मेला सुरु भएको छ ।

भिरिन्जी कलेजले आयोजना गरेको बीआईसीटी मेलाको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्‍घाटन गरे ।

मानव जीवनमा आइपर्ने समस्या समाधानका लागि बनाइएका प्रविधि र उपकरण मेलामा प्रदर्शनका लागि राखिएको छ । विद्यार्थीले बनाएका उपकरण पनि मेलामा समावेश गरिएको छ ।

स्मार्ट ग्रिनहउस, रोबोट, सोलार-ट्रयाकिङ सिस्टम, ट्राफिक लाइट, ह्युमन फ्लोइङ लगेज, रोबो कार रेस, रोबो सकर टुर्नामेन्टजस्ता नयाँ प्रविधिबारे पनि मेलामा विद्यार्थीले अवलोकनकर्तालाई जानकारी गराएका छन् ।

पुस १४ गतेसम्म चल्ने मेलाको तीन हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.