इलन मस्कले गरे ट्विटर ‘रिब्रान्डिङ’, लोगोको चरा हटाएर ‘एक्स’

श्रावण ८, २०८० |कान्तिपुर टीभी संवाददाता
इलन मस्कले गरे ट्विटर ‘रिब्रान्डिङ’, लोगोको चरा हटाएर ‘एक्स’

काठमाडौं । ट्विटरका मालिक इलन मस्क अनेक फण्डा गरेर दुनियँलाई चकित पारिरहन्छन् । गत चैतको अन्तिम सातातिर ट्विटरको लोगोमा निलो चराको ठाउँमा ३ दिनसम्म कुकुर राखेका मस्कले यसपटक चरा हटाएर ‘एक्स’ राखेका छन् ।

ट्विटरले निलो चरा भएको आफनो सुपरिचित लोगो परिवर्तन गरेर त्यसको स्थानमा कालो पृष्ठभूमिमा सेतो एक्स चिन्ह भएको लोगो प्रयोगमा ल्याइएको छ । ट्विटरका मालिक इलोन मस्क र यसकी प्रमुख कार्यकारी अधिकृत लिण्डा याकारिनोले औपचारिक रुपमा नयाँ लोगो सार्वजनिक गरेका हुन् ।

सोमबार विहानै ट्विटर मालिक मस्कले आधिकारिक रूपमै लोगोबाट ‘आइकनिक ब्लु-बर्ड’ हटाएर ‘ब्ल्याक एण्डह्वाइट एक्स’ प्रतिस्थापन गरेका छन् । ‘एक्स’ सहितको नयाँलोगो ट्विटरको एप र वेबभर्जनमा देखिएको छ भने  ट्विटरको आधिकारिक ‘ट्विटर ह्याण्डल’ को नाम पनि ‘एक्स’ मा रूपान्तरण गरिएको छ । यसका साथै ट्विटर मुख्यालयमा पनि नयाँ लोगो प्रदर्शन गरिएको छ ।

मस्कले यस अघि नै आफूले ट्विटरलाई बदलेर ‘एक्स- द एभ्रिथिङ एप’ बनाउन चाहेको बताएका थिए । अहिले एक्स डटकम भिजिट गर्दा पनि ट्विटर खुल्ने भएको छ । 

नयाँ ब्राण्डिङसँगै मस्कले ट्विटर प्लेटफर्ममा धेरै परिवर्तन गर्ने आकलन गरिएको छ । मस्कले गतवर्ष ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेयता यसमा थुप्रै परिवर्तन गरेका छन् भने आजको यो परिवर्तन सबैभन्दा ताजा  हो । मस्कले यसअघि नै ट्विटर कम्पनीको व्यावसायिक नाम परिवर्तन गरेर ‘एक्स कोर्प’ राखिसकेका छन् ।

मस्कले लोगो परिवर्तन गरेसंगै ट्विटरमा ‘हृयासट्याग गुडबाइ ट्वीटर‘ ट्रेण्ड चलिरहेको छ भने मस्कको निर्णयप्रति थुप्रै प्रयोगकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार...

ट्विटरमा मस्कको फन्डा : ३ दिनमै चरा, कुकुर, चरा !

ट्विटर : वाट्स् ह्यापनिङ अर्थात् के भइरहेको छ ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.