प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ : दाहाल

वैशाख २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ : दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शासकीय प्रणालीमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने दोहोर्‍याउनुभएको छ । सुनसरीको धरानमा आज किराँती र लिम्बुवान राष्ट्रिय मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक प्रणालीका लागि पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली उपयुक्त हुने बताउनुभएको हो ।

प्रमुख प्रतिपक्षी दलका नेता दाहालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीले सांसद र मन्त्री हुनका लागि लाखौं खर्च गर्ने प्रवृत्तिको पनि अन्त्य हुने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.