एआई प्रविधिको दौड, बढ्दैछन् नेपाली पाइला

माघ २६, २०८१ |भरत रावल
एआई प्रविधिको दौड, बढ्दैछन् नेपाली पाइला

काठमाडौं । पछिल्लो समय विश्वभर हरेक क्षेत्रमा कृत्रिम बौद्धिकता अर्थात् एआईको प्रयोग बढ्दै गएको छ, जसले काम गर्न सहज बनाएको छ । 

नेपालमा पनि एआईको प्रयोग र दायरा बिस्तार हुँदै गएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी ३० औं संस्करणको क्यान ईन्फोटेकमा पहिलोपटक एआईलाई पनि समावेश गरिएको छ ।

मेलामा सफ्टवेरिका कलेजका विद्यार्थीले बनाएको मेलोडीका नामक एआईले गीतको शब्द, सङ्गीत र गायनको काम एकसाथ केहि मिनेटमै गरिदिन्छ । केहि समययता घरको सुरक्षा गर्ने र होटेल तथा रेन्टुरेन्टमा काम गर्नसमेत एआईको प्रयोग हुन थालेको छ । यतिमात्र नभएर विद्यार्थीलाई समाचार र अन्य सामग्री पढ्न र पढाउन पनि एआईमा आधारित प्रविधि प्रयोगमा देखिन थालेको छ ।

अहिले नेपालमा प्रयोग हुने र नेपालबाट निर्यात हुने सफ्टवेयर र मोबाईल एपहरूमा समेत एआईको प्रयोग हुने गरेको छ । एआईले उपलब्ध तथ्यांकलाई तुरुन्तै प्रशोधन गरेर नतिजा देखाउने हुँदा काम सहज र छिटोछरितो हुने गरेको छ ।

नेपालमा उल्लेख्य रुपमा एप्स र सफ्टवेयर बन्ने गरे पनि विदेशी एआईकै बढी प्रयोग हुने गरेको छ । नेपाल एआईमा सुरुवाती चरणमा रहेकाले विदेशी एआईको प्रयोग हुने गरेको जानकार बताउँछन् ।

कस्तो छ त नेपालमा एआईको अवस्था ?

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस :


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement