सप्तरी । मधेश प्रदेश सरकारले सप्तरीको राजविराजमा स्पेस एण्ड कम्यूनिकेशन रिसर्च सेन्टर स्थापनाका लागि पूर्वाधार निर्माणको काम अघि बढाएको छ । मधेश प्रदेश सरकारको नेतृत्वकर्त दल जनमत पार्टीका अध्यक्ष सीके राउतले उक्त सेन्टरको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास सामारोहमा अध्यक्ष राउतले यो प्रादेशिक स्पेस सेन्टरले नेपाललाई नै स्पेस ऐजतर्फ लग्न र अनुसन्धानकर्ता विधार्थीहरूलाई फाइदा हुने उद्देश्यले निर्माण काम सुरू भएको जानकारी दिनुभयो ।
अर्को प्रसंगमा अध्यक्ष राउतले संयुक्त लोकतान्त्रिक मोर्चा चुनावी मोर्चा नभएको स्पष्ट पार्दै विगतका संघर्षबाट भएका उपलब्धीलाई जोगाउन र संघीयता रक्षाका लागि एकजुट भएको बताउनुभयो ।
प्रदेश सरकारको पर्यटन विकास कार्यालयबाट पूर्वाधार निर्माणका लागि सेन्टरलाई १ करोड ८० लाख विनियोजन भएको थियो । डीएस इन्जिनियरिंग कन्सट्रक्सन काठमाण्डुले यो पूर्वाधार निर्माण गर्न १ करोड १७ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
२०८२ साल असार २० गतेसम्म स्पेस सेन्टरको निर्माण काम सम्पन्न हुने पर्यटन विकास कार्यालयका प्रमुख बसन्त दासले जानकारी दिनुभयो ।