३ लाखले अवलोकन गरे क्यान इन्फोटेक

माघ २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
३ लाखले अवलोकन गरे क्यान इन्फोटेक

काठमाडौं । भृकुटीमण्डपमा भएको क्यान इन्फोटेक २०२३ मेला तीन लाख मानिसले अवलोकन गरेका छन् ।

मेलामा आइतबारसम्ममा तीन लाख मानिसहरुले मेलाको अवलोकन गरेको कम्प्युटर एसोसिएसन महासंघ (क्यान) का अध्यक्ष रञ्जितकुमार पोद्दारले जानकारी दिए । क्यान इन्फोटेकमा क्यानले सोचेअनुसारै अवलोकनकर्ताहरुको उपस्थिति भएको उनले जनाए । मेलामा विद्यालयमा अध्ययनरत विद्यार्थीदेखि क्याम्पस स्तरमा टेक्नोलोजी अध्ययनरत विद्यार्थी र सूचना प्रविधिमा चासो राख्ने मानिसहरु अवलोकनका लागि आएको उनको भनाइ छ ।

काठमाडौंमा आज (आइतबार) सकिएको इन्फोटेक सात आगामी दिनमा सात प्रदेशमा पनि सञ्चालन हुने अध्यक्ष पोद्दारले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र वाग्मती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने बताइएको छ ।

क्यान इन्फोटेक २०२३ यही माघ २४ देखि २९ गतेसम्म सञ्चालन भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.