टेलिकमले गर्‍यो फाइभजीको परीक्षण

माघ २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
टेलिकमले गर्‍यो फाइभजीको परीक्षण

काठमाडौं । नेपाल टेलिकमले फाइभजी सेवाको परीक्षण आइतबारबाट सुरु गरेको छ । काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ । फाइभजी कम्प्याटिबल अर्थात् फाइभजी सुविधा भएका मोबाइल डिभाइस प्रयोगकर्ताले परीक्षण अवधिभर उल्लेखित दुई ठाउँमा फाइभजी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साउनमा 'फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरी सरकारी स्वामित्वको नेपाल टेलिकमलाई फाइभजी परीक्षणका लागि अनुमति दिएको थियो । गत आव ०७८/७९ मै परीक्षण गर्ने टेलिकमले जनाए पनि अहिलेसम्म परीक्षण हुन सकेको थिएन ।

कम्पनीको १९औं वार्षिकोत्सवका अवसरमा आइतबार फाइभजीको सेवाको परीक्षण (ट्रायल टेस्टिङ) सुरु गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.