अब निष्क्रिय भएको सिम अर्कोलाई बेच्न नपाइने

पुस २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
अब निष्क्रिय भएको सिम अर्कोलाई बेच्न नपाइने

काठमाडौं । सर्वोच्च अदालतले एकपटक प्रयोग गरेर निष्क्रिय भइसकेको मोबाइलको सीमकार्ड पुन: अर्को व्यक्तिलाई बेच्न नपाउने आदेश दिएको छ ।

कुनै एक जनालाई बिक्री भइसकेको सिम एक्टिभ नभए पनि अरु कसैलाई बेच्न नपाइने आदेश दिएको हो । सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै सपना भण्डारीले दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

यसअघि कुनै पनि व्यक्तिको नाममा जारी भएको सिमकार्ड ६ महिनासम्म प्रयोगमा नआएमा सो नम्बर खारेज गर्ने र खारेज भएको मितिबाट ६ महिनापछि पुनः विक्री वितरण गर्ने पाउने व्यवस्था थियो । सर्वोच्चको दूरसञ्चार प्राधिकरणबाट जारी भएको निर्देशन कार्यान्वयन नगर्न/नगराउन भन्दै अन्तरिम आदेश दिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.