ट्वीटरको सीईओ पदबाट राजीनामा दिने एलन मस्कको घोषणा

पुस ६, २०७९ |कान्तिपुर टीभी संवाददाता
ट्वीटरको सीईओ पदबाट राजीनामा दिने एलन मस्कको घोषणा

काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले ट्वीट गर्दै सीईओ पदबाट चाँडोभन्दा चाँडो राजीनामा दिने घोषणा गरेका हुन् । उनले पदबाट राजीनामा दिँदा ठीक कि पदमा रहिरहँदा ठीक भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए ।

उक्त पोलमा प्राप्त नतिजालाई आफूले पालना गर्ने उनले बताएका थिए । भोटिङ पोलमा ५७.५ प्रतिशतले राजीनामा दिन सुझाएका छन् भने ४२.५ प्रतिशतले राजीनामा नदिन भनेका छन् ।

उनले भनेका छन्, ‘म छिटोभन्दा छिटो सीईओ पदबाट राजीनामा दिनेछु । म केवल सफ्टवेयर र सर्भर मात्रै चलाउनेछु ।’

गत कात्तिकमा उनले ट्वीटरको स्वामित्व खरिद गर्दै मालिक बनेका थिए । टेस्ला र स्पेसएक्सका मालिक मस्कले ४४ अर्ब डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement