साढे १ अर्ब निष्क्रिय खाताहरु डिलिट गर्ने ट्विटरको तयारी

मंसिर २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
साढे १ अर्ब निष्क्रिय खाताहरु डिलिट गर्ने ट्विटरको तयारी

काठमाडौं । ट्विटरले आफ्ना साढे १ अर्ब निष्क्रिय प्रयोगकर्ताहरूको खाता डिलिट गर्ने तयारी गरिरहेको छ । 

बुधबार ट्विटरका सञ्चालक इलन मस्कले डरम्यान्ट ह्यान्डलस् (निष्क्रिय खाताहरू) अथवा युजरन्यामहरु हटाउने बताएको अमेरिकी सञ्चारमाध्यम बिजनेस इनसाइडरले जनाएको छ । 

एउटा पनि ट्विट नभएका र एक वर्ष बढिको समयावधिमा लग इन नगरिएका खाताहरू डिलिट गरेर प्रयोगकर्ता नाम र खाताका लागि स्पेस खाली गर्ने मस्कले बताएका हुन् । 

ट्विटरको सन् २०२२ को दोस्रो चौमासिक तथ्याङ्क अनुसार उसका २३७ दशमलव ८ मिलियन सक्रिय प्रयोगकर्ता भएको बताइएको छ र सोही अनुसार ट्विटर विज्ञापन देखाइ रहेका छ ।

मस्कले गत नोभेम्बरमै निष्क्रिय प्रयोगकर्ताहरूका सबै खाता ट्विटरबाट डिलिट गर्ने वाचा गरेका थिए । त्यस बेला उनले १५  वर्षदेखि निष्क्रिय रहेका खाताहरू हटाइने बताएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.