अर्को सातासम्मलाई ट्वीटरको कार्यालय बन्द

मंसिर २, २०७९
अर्को सातासम्मलाई ट्वीटरको कार्यालय बन्द

काठमाडौं । ट्वीटरले तत्काल लागू हुने गरी कम्पनीको कार्यालय अस्थायी रुपमा बन्द भएको जनाएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आगामी सोमबार २१ नोभेम्बरसम्म कार्यालय बन्द हुने जानकारी कर्मचारीहरुलाई दिएको हो ।

अचानक कम्पनीको कार्यालय बन्द गर्नुको कारणबारे केही खुलाइएको छैन ।

ट्वीटरका नयाँ मालिक एलन मस्कले राजीनामा मागेसँगै ठूलो संख्यामा कर्मचारीहरुले काम छाडेपछि यस्तो घोषणा भएको हो ।

साथै कम्पनीले कर्मचारीलाई पठाएको सन्देशमा भनिएको छस् 'कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।'