
काठमाडौं । एसियाली खेलकुद आउन अब दुई महिना मात्रै बाँकी छ ।
अघिल्लो आर्थिक वर्षसम्मको कमजोर तयारीलाई अब भने सरकारले प्राथमिकतामा राख्न थालेको छ । प्रतियोगिता सुरू हुनुभन्दा दुई महिना अघिबाट मात्रै प्रभावकारी अभ्यास सुरु हुन लागेको हो ।
एसियाली खेलकुद आउन दुई महिना बाँकी रहेपछि केही खेलका खेलाडीहरु वैदेशिक अभ्यासमा जान थालेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले चार चार खेललाई वैदेशिक अभ्यासमा पठाउने जानकारी दिएको छ । आगामी असोजमा जापानको नागोया सहरमा हुने एसियाडका लागि नेपालबाट एक सय ३६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
जहाँ ५७ महिला खेलाडी छन् भने पुरुष खेलाडीको संख्या २२ जनाले धेरै छ । खेलाबाट एसियाडमा सहभागी बन्न २२ वटै खेलका खेल संघसँग आइतबार बैठक गरी अभ्यास सुरु गर्ने बताएको छ । ६ खेलाडीसहित एक प्रशिक्षकको कुस्ती टोली अभ्यासका लागि विदेश गइसकेको छ ।
आइतबार ११ खेलाडीसहितको उसू टोली पनि चीन जाने तयारीमा छ । बंगलादेशमा कबड्डी टोलीले अभ्यास खेल खेलिरहेको छ । कबड्डीका २४ खेलाडी र चार प्रशिक्षकलाई पनि वैदेशिक प्रशिक्षणमा राखिने छ । बक्सिङ पनि विदेश जाने तयारीमा छ ।
क्रिकेटले पनि विदेशमा खेलिरहेको छ । नेपालबाट एसियाली खेलकुदमा सहभागी हुने खेलहरुमा कराते, तेक्वान्दो, बक्सिङ, जुडो, उसू, एथ्लेटिक्स, आर्चरी, ब्याडमिन्टन, स्विमिङ, भलिबल, कबड्डी, टेनिस, स्क्वास, सफ्ट टेनिस, टेबल टेनिस, साइक्लिङ, गल्फ, र्याफ्टिङ एन्ड क्योनोइङ, स्केट बोर्डिङ, डान्स एन्ड स्पोट्स र कुस्ती रहेका छन् ।
आइबारको छलफलपछि १५ दिनको विशेष प्रशिक्षण सुरु हुनेछ । त्यसपछि बन्द प्रशिक्षण गराउने राखेपको लक्ष्य छ । बन्द प्रशिक्षणका लागि संघहरुले प्रशिक्षण स्थल तयार पारेका छन् । एसियाडमा सहभागी हुँदै आएका एरिका गुरुङ र महिला कबड्डी टिमले यसअघि पनि मेडल जितिसकेको छ ।
विश्व च्याम्पियनसिपमा पदक जितेका चन्द्रबहादुर गुरुङ, उसूका विजय सिंजाली र विश्वच्याम्पियनसिपमा छनोट भएकी सुस्मिता तामाङबाट पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ । यसैगरी एथ्लेटिक्सबाट पनि एसियली खेलुदका पदकको अपेक्षा रहेको प्रशिक्षकहरुले बताउँदै आएका छन् ।
आउँदो एसियाली खेलकुदका लागि भने दुई वर्षअघि नै मिसन २०२६ को नाममा अभ्यास भएको थियो । सो अभ्यासका क्रममा परिषद्ले स्वर्णसहित २०औं एसियाडमा दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ ।