एन्फा निलम्बन विवाद : राखेपले फिफा र एएफसीका प्रतिनिधिको उपस्थितिमा वार्ता गर्ने

वैशाख १५, २०८३ |कान्तिपुर टीभी संवाददाता
एन्फा निलम्बन विवाद : राखेपले फिफा र एएफसीका प्रतिनिधिको उपस्थितिमा वार्ता गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्-राखेपले एन्फाको निलम्बनका सम्बन्धमा फिफा र एएफसीका प्रतिनिधिको भौतिक उपस्थितिमा वार्ता गर्ने भएको छ। परिषद्का सदस्य सचिव राम चरित्र मेहता, शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका खेल सल्लाहकार सिद्धी बेञ्जनकार र एन्फाका महासचिव किरण राईबीच आज परिषद्मा अनौपचारिक छलफल पछि फिफासाग थप छलफल गर्ने निर्णय भएको हो।

गत बैसाख ८ गते परिषद्ले एन्फाका कार्यसमिति सदस्यलाई बैदेशिक भ्रमणमा रोक्का गरेको थियो। त्यसअघि फिफा र एएफसीले एन्फालाई संयुक्त पत्र पठाउादै बैसाख २१ गतेसम्मका लागि एन्फाको निलम्बन फुकुवा गर्नका परिषद्लाई अग्रह गरेको थियो। फिफाले भने एन्फाको निलम्बनलाई तेस्रो पक्षको हस्तक्षेप बताएको छ। अहिले एन्फा पदाधिकारीमाथि अख्तियारले आर्थिक अनियमितताबारे पनि अध्ययन गरिरहेको छ। यसैबीच फिफा र एएफसीसाग छलफलको तयारी गरिएको हो।

आजै राखेपले मन्त्रालयका प्रतिनिधि र नेपाल ओलम्पिक कमिटीसाग पनि एसियाली खेलकुदमा सहभागीताका लागि छलफल गरेको छ। एसियाली खेलकुमा ३२ खेलको दर्ता गराइएको भए पनि अहिले सरकारले २६ खेल लैजाने तयारी गरेको छ। ति खेलका खेलाडीको लङ लिस्ट दर्ता गराउने समय आउादा विहीबार सकिादैछ। यसबारे खेलाडीको अन्तिम नामावली खेल संघले परिषद्मा पठाएका छन्।

अब परिषद्ले कुन खेलका कति खेलाडीको नाम पठाउने भन्ने सन्दर्भमा विस्तृत छलफल भोलि विहान सात बजे परिषद्मा गर्दैछ। त्यसपछि भोलि नै संघले सहभागी खेलाडीको अन्तिम नामावली दिने तयारी छ। एसियाली खेलकुद आगामी असोजमा जापानमा हुादैछ। यता सहभागीताका लागि लाग्ने खर्चको विषयमा पनि परिषद् र मन्त्रालयबीच छलफल भइरहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.