वैशाख ५ देखि सञ्चालन हुने तेस्रो इलाम गोल्डकपको तयारी तिव्र

चैत्र ३०, २०८२ |खेल ब्युरो
वैशाख ५ देखि सञ्चालन हुने तेस्रो इलाम गोल्डकपको तयारी तिव्र

इलाम । आउँदो वैशाख ५ देखि १२ सम्म सञ्चालन हुने तेस्रो इलाम गोल्डकपको तयारी तिव्र पारिएको छ । 

७८ लाख रूपैयाँ बराबरको आयव्यय अनुमान गरिएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्ने छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) मुख्य प्रायोजक रहेको प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । प्रतियोगिताका लागि मैदान तयारी भइरहेको छ । 

दर्शकको सहजताकालागि अस्थाई बाँसको प्यारापिट निर्माण गरिँदै छ । यो वर्ष मैदान हरियो बनाइएको छ । विगत वर्षहरूमा धुले मैदानका कारण खेलाडीलाई खेल्न असहज भएपछि गत बर्खामा मैदानमा दुवो रोपिएको हो ।

प्रतियोगितामा आायेजक रेडहर्स फुटबल क्लब, न्युरोड टिम काठमाडौंसहित नेपाल भारत र मलेसियाको टिमले सहभागिता जनाउने छन् ।