सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालद्वारा आइतबार पनि बिरामीलाई सेवा

चैत्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालद्वारा आइतबार पनि बिरामीलाई सेवा

सुर्खेत । संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। तर, सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालले भने आइतबार पनि बिरामीलाई निरन्तर सेवा दिन थालेको छ।

शनिबार र आइतबार निरन्तर बिदा हुँदा कर्णालीका दुर्गम जिल्लाबाट आउने बिरामीहरू उपचार सेवाबाट वञ्चित हुने भन्दै अस्पतालले आइतबार पनि ओपिडीसहितका सेवा दिन थालेको हो। अस्पतालले गत आइतबार मात्रै चारसय दश जना बिरामीलाई ओपीडी सेवा दिएको निर्देशक डाक्टर गणेश थापाले जानकारी दिनु भयो। 

आइतबार निरन्तर सेवा दिन हाल अस्पतालले विभिन्न विभागमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीसँग राय सुझाव समेत माग गरेको छ। जनशक्तिले भ्याएसम्म चिकित्सक र कर्मचारीलाई सट्टा बिदा, भइपरी आउने बिदामा मिलान गर्न र प्रदेश सरकार तयार भएको खण्डमा आइतबार पनि सेवा दिने जनशक्तिलाई थप पारिश्रमिक हुनेगरी विरामीलाई उपचार गर्ने अस्पतालको तयारी छ। 

बिरामीको सेवा गर्नु नै अस्पतालको प्रमुख दायित्व भएको भन्दै अस्पतालले यसलाई सरकारको निर्णय पालन नगरेको अर्थमा बुझ्न नहुने डा‍क्टर थापाको तर्क छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.