आईपीएलमा आज हैदराबाद र राजस्थान आमने सामने हुँदै

चैत्र ३०, २०८२ |खेल ब्युरो
आईपीएलमा आज हैदराबाद र राजस्थान आमने सामने हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएलमा साेमबार सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स आमने सामने हुँदैछन् ।

हैदराबादस्थित राजीब गान्धी इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरू हुनेछ । राजस्थान जारी आईपीएलमा अपराजित रहँदै तालिकाको शीर्ष स्थानमा छ । रियान परागको टीमको चार खेलबाट ८ अंक छ । सातौं स्थानमा रहेको हैदराबादको चार खेलबाट दुई अंक छ । 

यो खेललाई ओपनरको ब्याटरका रूपमा पनि हेरिएको छ । राजस्थानका १५ वर्षीय बैभव सुर्यवंशी र यसस्वी जैसवाल उत्कृष्ट फर्ममा छन् । हैदराबादका अभिषेक शर्मा र ट्राभिस हेड विपक्षी बलरका लागि टाउको दुखाइ हुन् । सुर्यवंशी चार खेलमा दुई सय रनसहित उच्च रन बनाउने खेलाडीको दोस्रो स्थानमा छ । 

बलिङतर्फ राजस्थानका रवि बिस्नोइ छन् । उनको नाममा ९ विकेट छ । हैदराबादले यसअघिको खेलमा पञ्जाब किंग्ससँग ६ विकेटको हार ब्यहोरेको थियो । राजस्थानले सन २०२३ यता हैदराबादलाई पराजित गर्न सकेको छैन् । त्यसपछि भएका चार खेलमानै हैदराबाद विजयी भएको छ । 

पछिल्लो पटकको खेलमा हैदराबादले राजस्थानलाई ४४ रनले हराएको थियो । ईशान किसनले शतक बनाउँदा हैदराबादले आईपीएल इतिहासकै सर्वाधिक २ सय ८६ रनको योगफल बनाएको थियो ।