त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनल नजिक

चैत्र २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनल नजिक

काठमाडौै । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनल नजिक पुगेको छ। आज भएको खेलमा दोस्रो स्थानको सुदूरपश्चिम प्रदेशलाई सात विकेटले हराउँदै आर्मीले तेस्रो स्थानको मधेश प्रदेशभन्दा चार अंकको अग्रता बनाएको हो।

लिग चरणको आफ्नो सातौं खेलमा आर्मीले एक सय ५१ रनको लक्ष्य २० ओभ दुई बलमा पुरा गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३८ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ५० रन बनाएको थियो।

सुदूरका ओपनर अभिषेक पाल र खडक बोहराले १४ रनको मात्रै साझेदारी गरे। जहाँ बोहरा १३ रनमा आउट भए। त्यसैगरी, अभिषेक पालले २४ रन बनाए पनि त्यसपछि लगातार विकेट खस्यो। आठौं नम्बरका नारायण जोशीले भने उत्कृष्ट इनिङ्स खेलेर ६० बलमा ६३ रन जोडे। उनले ८ बाउन्ड्री प्रहार गरेको भए पनि अर्को एन्डबाट कुनै खेलाडीको साथ पाउन सकेनन्। 

अशोक धामीले ११ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। आर्मीका बसिर अहमदले नौ ओभर एक बलमा पाँच विकेट लिएर सुदूरका खेलाडीलाई क्रिजमा टिक्न दिएनन्। जवाफमा आर्मीले अनुभवको सदूपयोग गर्यो। तृत राज पाँच रनमै आउट भए पनि विनोद भण्डारीले ७५ बलमा शतक बनाएर जिम्मेवारीपूर्ण इनिङ्स खेले। सो क्रममा उनले १२ चौका र पाँच छक्का प्रहार गरे। 

उनले यसअघि गण्डकीविरुद्ध अर्धशतक बनाएका थिए। आर्मीका लागि भीम सार्कीले १६ र कुशल मल्लले २६ रनको योगदान गरे। सुदूरपश्चिमका शेर मल्लले दुई विकेट लिए पनि आर्मीलाई शतप्रतिसत जित निकाल्नबाट रोक्न सकेनन्। पराजयका बाबजुद १० अंक बनाएको सुदूर दोस्रो स्थानमा छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.