राष्ट्रिय आमन्त्रित तेक्वान्दोको उपाधि काभ्रे जिल्लालाई

वर्षा र किरण बने सर्वोत्कृष्ट खेलाडी
चैत्र १४, २०८२ |बालकृष्ण अधिकारी
राष्ट्रिय आमन्त्रित तेक्वान्दोको उपाधि काभ्रे जिल्लालाई

हेटाैंडा । राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि काभ्रे जिल्लाले जितेको छ । 

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा-१०,स्थित टिसीएन चौरमा जारी दोस्रो बृहत खेलकुद कृषि तथा पर्यटन महोत्सवमा भएको राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगिताको उपाधि काभ्रे जिल्लाले जितेको हो । 

मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा भएको प्रतियोगितामा सातवटा स्वर्ण पदक, एकवटा रजत पदक र एकवटा कास्य पदक गरी कुल ९ वटा पदक प्राप्त गर्दै काभ्रे जिल्लाले उपाधि चुम्न सफल भएको हो । नुवाकोट जिल्लाले दुई वटा स्वर्ण, दुईवटा रजत र तीन वटा रजत पदकगरी कुल सात वटा पटक प्राप्त गर्दै उपविजेता बनेको छ । 

सङ्घीय राजधानी काठमाडौँले दुईवटा, स्वर्ण दुईवटा रजत र दुईवटा कास्य पदक गरी कुल ६ वटा पदक प्राप्त गर्दै तेस्रो स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा ६ प्रदेशबाट १२ वटा जिल्लाको टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिलातर्फ दाङ जिल्लाकी वर्षा घर्ती मगर घोषित मगर घोषित भएकी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी काभ्रे जिल्लाका किरण तामाङ घोषित भएका छन् ।

प्रतियोगितामा आयोजक मकवानपुर ए र बी सहित ललितपुर, दाङ काभ्रे, चितवन, भक्तपुर नुवाकोट काठमाडौं, रसुवा, पर्सा बारा,कपिलवस्तु लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगिताको उपाधि विजेता काभ्रे जिल्लाको टिमले ५० हजार रुपैयाँसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता नुवाकोटको टिमले ३५ हजार रुपैयाँसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । 

यस्तै, तेस्रो भएको संघीय राजधानी काठमाडौंको टिमले भने १५ हजार रुपैयाँसहित सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा सात प्रदेशको १२ जिल्लाबाट कुल ११ वटा स्वर्ण पदकलाई प्रतिस्पर्धा भएको थियो । प्रत्येक तौल समूह र पुम्से विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश : ३ हजार रुपैयाँ, २ हजार रूपैयाँ र १ हजार ५ सय रुपैयासहित पदक प्रदान गरिएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।