
काठमाडौं । सानदार फर्मबाट सुरु गरेको पञ्जाब किंग्सको आईपीएलमा निराशाजनक यात्रा, बैभव सूर्यवंशीको कीर्तिमान र बैंगलुरुको उपाधि रक्षा अभियान ।
यति मात्रै नभएर छक्काको रेकर्ड, ७० खेलपछि मात्रै प्लेअफ समीकरण बन्नुले यो सिजनाको इन्डियन प्रिमियर लिग आईपीएललाई थप विशेष बनाएको छ । इतिहासकै रोमाञ्चक आईपीएल सिजन बनेको वर्ष २०२६ को प्लेअफ्को समीकरणलाई पनि समर्थकले उत्साहका साथ पर्खिरहेका छन् ।
यो वर्षको आईपीएलका अहिलेसम्मको हाइलाइट्स र प्लेअफ्को रिभ्यू आज हामी गर्नेछौं ।
भारतमा जारी यो वर्षको आईपीएल केही विशेष छ- हालसम्म भएका प्रतिस्पर्धामा कीर्तिमानका वर्षा भए । प्रतिस्पर्धा यति पेचिलो बन्यो कि प्लेअफ समीकरण पूरा हुनसमेत झन्डै लिग चरण नै पूरा हुनु पर्यो । ७० खेल पूरा भएपछि मात्रै शीर्ष चार टोलीको कन्फर्म भएको हो जसले क्वालिफायर र इलिमिनेटरका खेल खेल्नेछन् ।
गत सिजन सिजन प्लेअफ्मा पुगेका चार टोलीमध्ये यो वर्ष दुई क्लबले मात्रै प्ले जारी आईपीएलको अफ्मा स्थान बनाए । गत वर्ष पञ्जाब शीर्षस्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो । बैंगलुरु, गुजरात टाइटन्स र मुम्बई पनि शीर्ष चारमा थिए । तर, यो सिजनमा गत सिजन नवौं स्थानमा समेटिएको राजस्थानले चौथो स्थानमा कमब्याक गरेको छ ।
पञ्जाब र मुम्बई प्लेअफ्मा पुग्न चुकेका छन् भने बैगलुरुसँगै गुजरात, सनराइजर्स हैदराबाद र राजस्थानले प्लेअफ सुरक्षित गरे । पञ्जाबका लागि भने यो वर्षको आईपीएल संघर्ष उतारचढावपूर्ण रह्याे । सुरुका सात खेलमा अपराजित यात्रा गरेपछि धेरैले सोचेका थिए, पञ्जाबले गत सिजनको जस्तै तालिकाको शीर्षस्थानमा रहेर लिग चरण समाप्त गर्नेछ । तर, जसरी पञ्जाब जितको सुरुवाती रुझानमा रमाइरहेको थियो, सातौं खेलपछि त्यसको ठीक विपरीत लगातार ६ खेलमा हारको पीडाबाट गुज्रिनु पर्यो ।
अन्ततः उसको यात्रा लिग चरणबाट नै समाप्त भयो । जोफ्रा आर्चर, बैभव सूर्यवंशी, भुवनेश्वर कुमार, साई सुदर्शन, सुम्भन गीलको प्रदर्शनले सिजनको आईपीएललाई चमत्कारिक बनाएको छ । यी खेलाडीले आफ्नो टोलीलाई प्लेअफ्मा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
सुदर्शन र गीलको प्रदर्शनकै मद्दतमा गुजरातले क्वालिफायरमा स्थान बनाएको हो । बैभवले यो वर्ष एकै सिजनमा ५० भन्दा धेरै छक्का प्रहार गर्ने भारतीय खेलाडीको कीर्तिमान बनाएका छन् । बैभवले अहिलेसम्म ५३ छक्का प्रहार गरे । उनले जयपुर रंगशालामा हैदरावादविरुद्ध ३५ बलमा नै शतक पूरा गरेर दोस्रो सबैभन्दा कम बलमा सेन्चुरी बनाउने खेलाडी बनेका छन् ।
सबैभन्दा चाँडो शतक बनाउने खेलाडीको रेकर्ड भने क्रिस गेलको नाममा रहेको छ । यसैगरी भुवनेश्वर कुमार अहिले सर्वाधिक विकेट लिने खेलाडीको तालिकाको अग्रपंतिमा छन् । २४ विकेट लिएका उनीसँगै अहिले पर्पल क्यापको दावेदारीमा अगाडि जाने अवसर रहनेछ ।
उनले टीम आरसीबीले पहिलो क्वालिफायरमा अब गुजरातसँग भिड्नुपर्नेछ । उत्कृष्ट र्फमका ब्याटर गुजरातका सुदर्शन र गीलविरुद्ध सर्वाधिक विकेट टेकर भुवनेश्वर कुमारको प्रदर्शन कस्तो देखिएला ? मंगलबार साँझमा हुने क्वालिफायरमा यी खेलाडीको फाइनल पुग्ने जााच हुनेछ । जुन हेर्न रोमाञ्चक बन्नेछ ।
गुजरातका लागि साई सुदर्शनले तीन सय ३८ रन बनाउँदा गीलको नाममा ६ सय १६ रन रहेको छ । यता हैदराबादको हेनरिच क्लासेनले ६ सय ६ रन बनाएर गुजराई डुओलाई कडा टक्कर दिइरहेका छन् । पहिलो इलिमिनेटर खेल बुधबार हुनेछ, जहाँ क्लासेनको टिमले वैभव सूर्यवंशीको टीम राजस्थानसँग चण्डीगढमा खेल्नेछ ।
यो खेलमा क्लासेनको ब्याटले शतक प्रहार गर्ला कि बैभवको ब्याटबाट छक्काको वर्षा होला ? यी दुई खेलाडीबीचको पेचिलो प्रतिस्पर्धाले इलिमिनेटरलाई रोमाञ्चक बनाउनेछ ।
यो वर्ष रन चेज गर्ने टोलीहरुले धेरै खेल जितिरहेका छन् । लिग चरणका ४२ खेल चेज गर्ने टिमले जितेका थिए । यो संस्करणमा २ सयभन्दा धेरै रनको लक्ष्यसमेत १५ पटक सफलतापूर्वक पूरा भएका छन् । त्यसैले यो आईपीएललाई ब्याटिङ प्याराडाइजको रुपमा पनि व्याख्या गरिएको छ ।
नकआउटका खेलहरु लिग चरणका खेलभन्दा फरक हुनेछन् कि उस्तै होलान् ? आईपीएल इतिहासका सर्वाधिक रनकर्ता विराट कोहली आफ्नो टीमलाई उपाधि रक्षा गराउने अभियानमा छन् । तर, ब्याटिङ प्याराडाइज भनिएको सिजनमा ब्याटरका नायक सुदर्शन र गीलको टिमले जित्ने आाकलन धेरैको छ ।
आईपीएलको पहिलो संस्करणको उपाधि जिते पनि त्यसयता उपाधि खडेरीको सामना गरिरहेको राजस्थान रोयल्ससँग अहिले उत्कृष्ट टीम स्पिरिटलाई उपयोग गरेर ट्रफी जित्ने अवसर छ । सन् २०१६ पछि उपाधिको पखाईमा बसेको हैदराबाद पनि निराश भएर फर्किने योजनामा भने छैन ।